थलारा गाउँपालिका वडा नं ४ स्थित भुवनेश्वरी प्रा.वि. ठिङ ले गर्यो बिधालयको सामाजिक परीक्षण

सेयर गरौं


थलारा गाउँपालिका वडा नं ४ स्थित भुवनेश्वरी प्रा.वि. ठिङ मा शुक्रबार बिधालयको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बिधालय को शैक्षिक सुधार गर्न सामाजिक परिक्षण गरेको हो ।

थलारा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले भदौ मसान्तभित्र पालिका भित्रका ३१ वटै विद्यालमा सामाजिक परिक्षण गरिसक्ने निर्देशन दिएको थियोे । बिधालयको शैक्षिक सुधार गर्ने प्रगतिशील युवा समाजको आर्थिक सहयोगमा सामाजिक परिक्ष सम्बन्धी सहजकर्ता तालिम समेत दिएक‍‍ो थियोे । यसरी सामाजिक परिक्षण गर्ने भुवनेश्वरी प्रा.बि. ठिङ थलारा गाउँपालिकामा पहिलो बनेको छ ।

कार्यक्रम दिनेश बोहराको अध्यक्षतामा र थलारा गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष रामचन्द्र जोशीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा सामाजिक परिक्षण प्राविधिक विज्ञ शान्ति मा वि शिक्षक श्री मोहन बहादुर साउँद प्रअ श्री कलक बहादुर बिष्ट सहजकर्ता त्रिभुवन मावि शिक्षक श्री प्रेम बहादुर विष्ट रहनु भएको थियो ।
शिक्षक मिन बहादुर विष्ट र कविन्द्र जोशीले सञ्चालन गरेको कार्यक्रममा थलारा प्राविधिक शिक्षा का शिक्षक गोकुल राज जोशी त्रिभुवन मावि शिक्षक विकास थापा “युगीन “बिधालय ब्यबस्थापन समिति अध्यक्ष भिम बहादुर डौडे लगायत अभिभावक तथा शिक्षक विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियोे । सौहार्द वातावरणमा अभिभावकहरूको सुझाव सल्लाह र भावी शैक्षिक योजना सहित प्रतिवेदन प्रस्तुत गरी कार्यक्रम समापन भएको त्रिभुवन मा.बि. शिक्षक तथा कार्यक्रमका सहजकर्ता प्रेम बिष्टले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072