७ माघ २०८१, सोमबार
बझाङका सुर्मादेवीका आलीपालीहरूले आज उपासु पर्व मनाउँदै
बझाङका सुर्मा देवीका आलिपालीहरूले आज उपासु पर्व (त्यार) मनाउँदै छन् । हरेक वर्ष श्रावण शुल्क एकदासीका दिन मनाउँदै आएको उपासु पर्व आज विधिवत् अनुसार मनाइन लागिएको हो ।
आज बिहानै सबेरै उठेर सुर्मा देवीका आलिपाली करियाहरूले धारमा गएर स्नान गर्ने गर्दछन् । स्नान गरि सकेपछि घरमा गएर मिठो मिठा खाने परिकार पकाउने गरिन्छ ।
छबिसपाथिभेरा गाउँपालिका -७ का स्थानीय राजन मण्डेलका अनुसार घरमा खानेकुरा पकाइ सकेपश्चात सबै करिया भक्तजनहरू गाउँमा रहेका सुर्मा देवी मन्दिरमा जम्मा भएर पुजा आराधना गर्ने गर्दछन् । उनका अनुसार यो पर्व मात्रै नभई विदेशीकाहरूले घरपरिवार र छोरी बहिनीले माइती सँग भेटघाट गर्ने पर्वको रुपमा पनि चर्चित छ । सुर्मादेवीप्रति आस्थावान सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली, जयपृथ्वी नगरपालिका लगायत आलिपालिहरु रहेका छन् ।
सुर्मा देवीका आलिपालीहरूले यस पर्वलाई ठूलो चाडका रुपमा मनाउँछन् । आज सुर्मा देवी मन्दिरमा पुजा सकिएपछि घर फर्केर बिहान पकाएको खानेकुरा खाने गरिन्छ ।
भने भोलि बिहानैदेखि सुर्मा सरोवरको यात्रा शुभारम्भ हुन्छ । सुर्मा देवी बिरिजात मेला हरेक वर्ष श्रावण शुक्ल औंसीबाट सुरु भएर पुर्णिमासम्म लाग्ने गर्दछ । यो समयमा सुर्मा देवीको पुजा आराधना गरिन्छ । यसरी लामो समयसम्म पुजाआराधना गर्दा मनले चाहेको पुरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।