बझाङमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

सेयर गरौं

बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा नौराका स्थानीय लक्ष्मण कठायतका ७ वर्षिया छोरी सञ्जिला कठायतको ज्यान गएको हो भने उनका ११ वर्षिय छोरी सुदिपको अवस्थामा रहेका छन् ।

बिहीबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएका उनको अवस्था गम्भिर भएपछि थप उपचारको लागि धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।  

लक्ष्मण कठायतका श्रीमती पुनी कठायत भने जिल्ला अस्पताल बझाङमा उपचार पश्चात घर फर्किएको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताउनुभयो ।

उनको अवस्था अहिले सामान्य रहेको छ । बुधबार राति घरमाथिको लेकबाट ल्याएको बिसालु जंगली च्याउ खाँदा लक्ष्मण कठायतका श्रीमती, एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामी भएका थिए । सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बिच बाटोमै ज्यान गएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1335