बझाङमा जङ्गली च्याउ खाएका दाजुबहिनीको मृत्यु ।

सेयर गरौं

बझाङमा जङ्गली च्याउ खाँदा दाजुबहिनीको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा नौराका स्थानीय लक्ष्मण कठायतका ७ वर्षिया छोरी सञ्जिला कठायत र ११ वर्षीय छोरा सुदिपको उपचारको लागि धनगढी लैजाँदै गर्दा ज्यान गएको हो । 

बुधबार राति घरमाथिको जंगलबाट ल्याएको बिसालु जंगली च्याउ खाँदा लक्ष्मण कठायतका श्रीमती, एक छोरा र एक छोरी सहित तीन जना गम्भीर बिरामी भएका थिए ।

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि तत्कालै डडेल्धुरा रेफर गरिएकोमा बिच बाटोमै ज्यान गएको थियो भने उनका दाई सुदिपको पनि डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी लैजाँदै गर्दा बिहीबार राति बाटोमै ज्यान गएको हो । 


लक्ष्मण कठायतका श्रीमती पुनीकला कठायत भने जिल्ला अस्पताल बझाङमा उपचार पश्चात् घर फर्किएको र उनको अवस्था अहिले सामान्य रहेको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203