११ बैशाख २०८२, बिहीबार

शैक्षिक सुधार गर्न थलारा गाउँ पालिकाका सामुदायिक बिधालयमा धमाधम सामाजिक परिक्षण गरिदै
थलारा गाउँपालिकाका सामुदायिक बिधालयहरुमा धमाधम सामाजिक परिक्षण भैरहेको छ । बिधालयले प्रबाह गर्ने सेवा, योजना प्रक्रिया कार्यान्वयन उपलब्धि र प्रभाव विश्लेषणको सार्वजनिकिकरण सहित सम्बद्व सबै सरोकारवाला हरुको प्रत्येक्ष संलग्नतामा बिधालयले अहिले सामाजिक परिक्षण गरि रहेका हुन ।
अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धि ऐन २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बिधालय सामाजिक परिक्षण मापदण्ड २०७७ मा बिधालयले प्रत्येक वर्ष नियमावलीको नियम १७१ (क) बमोजिमको सामाजिक परीक्षण अनिवार्य रुपमा गराउनु पर्नेछ भनिए पनि बिधालयका प्रधानाध्यापकले कागजिरूपमा मात्र समाजिक परिक्षण गर्दै आएका थिए ।
कागजीरुपमा हुने गरेको समाजिक परिक्षणले बिधालयको शैक्षिक गुणस्तरमा सुधार नआउने भन्दै थलारा गाउँपालिका शिक्षा शाखाले बिधालय सामाजिक परीक्षण मापदण्ड २०७८ अनुसार अनिवार्य बिधालयको सामाजिक परीक्षण गर्न निर्देशन दिएपछि थलारा गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालय सोही मुताबिक सामाजिक परिक्षण गरिरहेका हुन ।
सामुदायिक बिधालयको शैक्षिक गुणस्तर सुधार गर्न थलारा गाउँ पालिकाले विभिन्न पहल गरिरहेको शिक्षा सहायक राईभान ओलीले बताउनुभयो । बिधालयसंग सम्बद्घ सबै सरोकारवालाहरुको प्रत्यक्ष संलग्नता बिना बिधालयको शैक्षिक गुणस्तर सुधार गर्न कठिन हुन्छ शिक्षा सहायक ओलीले भन्नुभयो सरोकारवाला हरुको प्रत्यक्ष संलग्नता जिम्मेवारी तथा दायित्व बोध पारदर्शिता र अपनत्वको भावना बिकास गराउन बिधालयमा बिधि संगत सामाजिक परिक्षण गर्न निर्देश दिईएको हो ।
बिधालयको सामाजिक परिक्षण कार्य लाई प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा काम गरि रहेको गैरसरकारी संस्था प्रगतिशील युवा समाज सिकाई परियोजनाले सहयोग गरि रहेको छ । हामीले बिधालयको सामाजिक परिक्षण प्रभावकारी बनाउन पालिका भित्र रहेका सबै बिधालयका प्रधानाध्यापक हरुसंग एक दिने सामाजिक परिक्षण सम्बन्धि अभिमुखिकरण गरेको प्रगतिशील युवा समाजल सिकई परियोजनाका कार्यक्रम अधिकृत राजेन्द्र खड्काले बताउनु भयो । उनका अनुसार सामाजिक परिक्षण गर्न ३२ बिधालय बाट ३२ जना शिक्षकहरू लाई प्रमाणपत्र सहित सामाजिक परिक्षण प्रशिक्षक तालिम समेत दिईएको छ ।
थलारा गाउँपालिका शिक्षा शाखाले आर्थिक बर्षको पहिलो चौमासिक मा अनिवार्य उपस्थिति सहितको सामाजिक परिक्षण रिपोर्ट बुझाउन भनेपछि बिधालय सामाजिक परिक्षण गर्न थालेका छन् । थलारा ४ स्थित भुवनेश्वरी प्रा.बि. भदौ ७ गते सबैभन्दा पहिले सामाजिक परिक्षण गरेको थियो । दोस्रोमा भदौ १४ गते थलारा ३ स्थित भगवती आधारभूत बिधालय देवलबाझले सामाजिक परिक्षण गरेको छ । शनिबारमात्र वडा नम्बर ४ स्थित सरस्वती प्रा.बि.डिख्ला र धौलदेउ प्रा.बि. गढिगाँउमा सामाजिक परिक्षण गरिएको छ ।
सामाजिक परिक्षण कार्यक्रममा शिक्षा सहायक राईभान ओली र प्रगतिशील युवा समाज शिक्षामा आधारित सिकाई परियोजनाका कार्यक्रम संयोजक राजेन्द्र खड्काको उपस्थिति रहेको थियोे ।
सामाजिक परिक्षण कार्यक्रमलाई त्रिभुवन माध्यमिक बिधालयका शिक्षक प्रेम बिष्टले गरिरहनु भएको छ ।
