थलारा गाउँ पालिकामा तीन दिने सामुदायिक होमस्टे तालिम सम्पन्न

सेयर गरौं

थलारा गाउँ पालिकामा तीन दिने सामुदायिक होमस्टे तालिम सम्पन्न भएको छ । प्रगतिशील युवा समाज सृजना परियोजनाको आयोजनामा र युएमएन बझाङ कलष्टरको सहयोगमा शुक्रबार देखि सुरु भएको तीन दिने सामुदायिक होमस्टे तालिम आईतवार सम्पन्न भएको हो ।
होमस्टे (घरवास) उधमी सृजना गर्ने , स्थानीय पर्यटन प्रर्वधन र बिकासमा सहयोग पुर्‍याउने, स-साना स्थानीय खाजा खाना पसल हरुलाई रात बास बस्ने ब्यबस्था गर्ने रआम्दानी बृद्धिको बाटो देखाउने लगायतका उदेश्य सहित तालिमको आयोजना गरिएको हो ।
तालिमको समापन समारोहमा बोल्दै थलारा गाँपालिका अध्यक्ष प्रकाश रोकायाले होमस्टेको परम्परा नेपालमा पुरानै हो नेपालमा अतिथि देवभब भन्ने परम्परा थियोे । पाहुनालाई सत्कार गर्ने सस्कार छ । हिजो अतिथि सत्कारका मात्रै थियोे अब सतकार संगै ब्यबसायी बन्ने हो । तालिमले थलाराको पर्यटन बिकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । सुरुवात गर्दा गार्‍हो भएपनि सानै र स्थानीय चिज बस्तु पर्योग गरेर ब्यबसाय सञ्चालन गरे सफलता मिल्ने धारणा ब्यक्त गर्नु भयो ।
तालिममा पालिकाका विभिन्न वडाबाट ९ जना सहभागी रहेका थिए । तीन दिन सम्म सञ्चालन भएको तालिममा होमस्टेको ईतिहास, नेपालमा होमस्टेको स्थिति होमस्टे कसरी निर्माण गर्ने लगायतका बिषयमा प्रशिक्षण दिईएको प्रगतिशील युवासमाज सृजना परियोजना कार्यक्रम अधिकृत बल बहादुर ओडले बताउनु भयो ।
सहभागीलाई जैविक बिबिधता संरक्षण केन्द्र सप्तरी नेपालका छोटुलाल चौधरी र नन्द लाल माझीले सहजिकरण गर्नु भएको थियो । तालिममा युएमएन बझाङ कलष्टर मेनेजर ईन्दिरा राई, युएमएन प्रगतिशील युवा समाजका कार्यक्रम निर्देशक लबराज जोशी लगायतको उपस्थिति रहेको थियोे ।
तीन दिने तालिमबाट होमस्टे ब्यबसाय सञ्चालनबारे धेरै कुरा सिकेको र होमस्टे ब्यबसाय स्थापनाबारे सोच बनाएको तालिममा सहभागी थलारा वडा नम्बर ४ का राजेन्द्र बोहरा ले प्रतिक्रिया दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206