युएमएन प्रगतिशील युवा समाजले थलारा गाउँ पालिकाको पर्यटन बिकासका लागि सम्भाब्यता अध्ययन प्रतिबेदन बुझयो

सेयर गरौं

थलारा गाउँ पालिकाको पर्यटन बिकासका लागि सम्भाब्यता अध्ययन प्रतिबेदन बुझाएको छ। थलारामा सञ्चालित गैरसरकारी संस्था युएमएन प्रगतिशील युवा समाज सृजना परियोजनाले स्थलगत अध्ययन गरि तयार गरेको पर्यटन बिकास सम्भाब्यता अध्ययन प्रतिबेदन प्रगतिशील युवा समाज सृजना परियोजना कार्यक्रम अधिकृत बल बहादुर ओडले सोमबार एक कार्यक्रमका बिच गाउँ पालिका अध्यक्ष प्रकाश रोकायालाई बुझाउनु भएको हो ।
थलारा गाउँ पालिकामा पर्यटन प्रबर्द्धन गर्न प्रगतिशील युवा समाज सृजना परियोजनाले सम्भाब्यता अध्ययन र होमस्टे तालिम सञ्चालनकालागि खुला प्रतिस्पर्धाबाट प्रपोजल माग गरेको थियोे जसमा जैबिक बिबिधता संरक्षण केन्द्र सप्तरी नेपाल छनौट भएको थियोे । कार्यक्रमका लागि छनौट भए पछि जैविक बिबिधता संरक्षण केन्द्र सप्तरीका छ‍ोटुलाल चौधरी र मान सिंह माझीको टोलीले थलारा गाउँ पालिकामा पर्यटन बिकासको स्थलगत सम्भाब्यता अध्ययन गरेको हो।
टोलीले ४ दिन सम्म थलारा गाउँ पालिकाका विभिन्न ठाउँको स्थलगत अध्ययन गरेको थियोे । चार दिनको छोटो अबधिमा थलाराका पर्यटन बिकास सम्भावीत क्षेत्रको भ्रमण गरि सम्भाब्यता अध्ययन गरेको जैविक बिबिधता संरक्षण केन्द्र सप्तरीका बिज्ञ छ‍ोटुलाल चौधरीले बताउनु भयो । थलारा गाउँ पालिकामा पर्यटन बिकासको प्रचुर सम्भावना रहेको र त्यसको बिकासका लागि कार्ययोजना बनाई अघि बढ्न उनले गाउँ पालिका लाई सुझाव दिनु भएको थियोे ।
संभाब्यता अध्ययन प्रतिबेदन २० पृष्ठको रहेको र जसमा थलारा गाउँ पालिकाका ऐतिहासिक ,धार्मिक ,पुरातात्त्विक ,साँस्कृतिक भेसभुसा रहन सहन र खानपिन लगायतका क्षेत्र समेटिएका छन्।
प्रतिबेदन बुझ्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले थलारा गाउँ पालिकाको पर्यटन बिकासका लागि प्रतिबेदनले सकारात्मक भुमिका खेल्ने भन्दै यसले लुकेका चीज उजागर गरेको धारणा ब्यक्त गर्नु भयो ।
प्रतिबेदन पेश कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत सिद्ध राज पण्डित लगायत बिषयगत शाखा प्रमुखको उपस्थित रहेको थियोे ।
युएमएन प्रगतिशील युवा समाज सृजना परियोजनाले थलारा गाउँ पालिकामा पर्यटन प्रबर्द्धन गर्न प्रवासवाट फर्किएका ९ जना युुवा युवतीलाई ३ दिने सामुदायिक होमस्टे सञ्चालन तालिम समेत सञ्चालन गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241