२८ आश्विन २०८१, सोमबार
संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै त्यसको बिरुद्धमा थलारा गाउँ पालिकामा कार्यरत कर्मचारीले निकाले संयुक्तरूपमा विज्ञप्ति
संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै त्यसको बिरुद्धमा थलारा गाउँ पालिकामा कार्यरत कर्मचारीले संयुक्तरूपमा विज्ञप्ति निकालेका छन् ।
कर्मचारीले निकालेको विज्ञप्तिमा प्रस्तावित निजामती ऐनको प्रस्तावित मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामती परिभाषामा नसमेटेको र स्थानीय तहका कर्मचारीको सेवा सुबिधा र बृत्ति बिकासको सुनिश्चितता नभएको उल्लेख छ ।
साथै विज्ञप्तिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते निजामती सेवा दिवस मनाउन पत्राचार गरेकोमा उक्त दिन हातमा कालो पट्टि बाँधेर विरोध जनाउने र स्थानीय तहका कर्मचारीको सेवा सुविधा सम्बन्धि ब्यवस्था नभए सम्म निजामती सेवा दिवस नमनाउने समेत उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा कर्मचारीले संघीय निजामती ऐन नभई एकिकृत सेवा ऐन ल्याउनु पर्ने , सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनु पर्ने , सरुवा प्रणालीलाई सहमतिको आधारमा नभई अनुमान योग्य चक्रिय प्रणालीमा हुनुपर्ने र अन्तर प्रदेश सरुवाको ब्यवस्था एकीकृत सेवा ऐनमा नै खुलाउनु पर्ने लगायतका मागहरू राखिएका छन् ।