आज कृष्ण जन्माष्टमी सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्मदिन मनाउँदै ।

सेयर गरौं

काठमाडौं : भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शुक्रबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। 

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् नारायणका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। 

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। 

सनातन धर्मावलम्बीले  जन्माष्टमी पर्वमा उनको उपासना गर्छन्। वैष्णव वा श्रीकृष्ण प्रणामीले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन्। 

पौराणिक ग्रन्थहरूमा आज गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ। विशेषगरी द्वादशाक्षरी (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ।

नेपाल र भारतमा रहेका श्रीकृष्ण मन्दिरमायो दिन घुइँचो लाग्छ। नेपालमा पाटनको कृष्णमन्दिर सनातन धर्मावलम्बीहरूको गन्तव्य बन्छ। विभिन्न ठाउँमा भाद्र भोलिपल्ट बिहान श्रीकृष्ण रथयात्रा चल्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311