थलारा गाउँ पालिका ५ को देब दुर्गा प्रा.बि. दुवाली को गरियो सामाजिक परिक्षण ।

सेयर गरौं

गत महिनामा थलारा गा पा शिक्षा साखाको समन्वय मा प्रगतिशील युवा समाज को आयोजना र UMN को सहयोगमा तीन दिने सामाजिक परिक्षण सहजकर्ता प्रशिक्षक प्रशिक्षण तालिम पश्चात् बिध्यालयको सामाजिक परिक्षण धमाधम भैरहेको छ ।
थलारा गा पा वाड न ५ मा रहेको देब दुर्गा प्रा बि दुवाली को २०७९/०८० को सामाजिक परिक्षण सप्पन्न भएको छ । शिक्षक अभिभावक संघ अध्यक्ष नरेस पार्किको अध्यक्षता थलरा गा पा शिक्षा संयोजक हर्कबहादुर रोकाया प्रमुख आतिथ्यता वाड न ५ का वार्ड अध्यक्ष नर बहादुर खाती र UMN शिक्षा परियोजना ब्यबस्थापक पान्डब रसाइली को विशेष आतिथ्यतामा बिध्यालय को आर्थिक ,भौतिक ,शैक्षिक र ब्यबस्थापकिय अबस्थामा को प्रतिबेदन प्रस्तुति गरि व्यापक छलफल गरिएको थियो । तालिम प्राप्त सहजकर्ता प्रेम ब बिष्ट ले सहजीकरण गरेको कार्यक्रम मा सामाजिक परिक्षण प्राबिधिक बिज्ञ शान्ति मा बि का शिक्षक मोहन बहादुर साउद रहनु भएको थियोे । बि ब्य स , सि अ स , सामाजिक परिक्षण समिति , अभिभावक बिद्यार्थी र सरोकारवालाहरु गरि ४५ जनाको उपस्थिति रहेको कार्यक्रम सौहार्दपुर्ण बाताबरण मा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338