१२ माघ २०८१, शनिबार
कालङ्गा नदी तर्न खोज्दा बेपत्ता भए चतुरे
बझाङ: बझाङको कालङ्गा नदी तर्दा एक वृद्ध बेपत्ता भएका छन्। बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी सोही नगरपालिकाको १ नम्बर वडास्थित पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा नदी तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धामीको खोजतलास जारी छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1