३ फाल्गुन २०८१, शनिबार

भारतमा चोरी गर्ने ३ नेपाली गौरीफन्टाबाट पक्राउ, को हुन् करिब १८ लाख लुट्ने ?
कैलाली: भारतमा चोरी गरेर नेपाल छिरेका ३ नेपाली गौरीफन्टाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का रहेका छन् ।
उनीहरुले आफै काम गर्ने भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेका थिए। उनीहरुलाई ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याइरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरुलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1