बैतडीमा विपद सम्बन्धी देउडा प्रतियोगिता हुने

सेयर गरौं

बैतडी: बैतडीमा विपद जोखिम न्यूनीकरण सम्बन्धी देउडा प्रतियोगिता हुने भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४स्थित जबलपुर माविमा भोलि भाद्र २९ गते विपद जोखिम न्यूनीकरण सम्बन्धी देउडा प्रतियोगिता हुने भएको हो ।

पञ्चेश्वर गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी बैतडी शाखा अन्तर्गत सञ्चालित सुरक्षित नेपाल परियोजनाको आर्थिक सहयोगमा विपद जोखिम न्यूनीकरण सम्बन्धी तिज विशेष देउडा कार्यक्रम हुन लागेको हो ।

प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ हजार र सान्त्वना ४ हजार पुरस्कार दिइने बताइएको छ । यस्तै, मेलौलीमा पनि शनिवार विपद जोखिम न्यूनीकरण सम्बन्धी तिज विशेष देउडा प्रतियोगिता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325