जनतासँग माओवादी तीन महिने अभियानमा नेकपा माओवादी केन्द्र थलारा ७ ले गर्यो बिधालमा सरसफाइ ।

सेयर गरौं

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र थलाराको ७ नम्बर वडा कमिटीले जनता संग माओवादी तीन महिने बिशेश रुपान्तरण अभियानको क्रममा वडा भित्रका बिधालयमा सरसफाइ गरेको छ ।

नेकपा माओवादी थलारा गाउँ कमिटी सदस्य तथा वडा नम्बर ७ का निर्वाचित वडा सदस्य सुरेन्द्र राज उपाध्यायको नेतृत्वको टोलीले वडा नम्बर ७ भित्रका भवानी मा.बि. माडौकाट्ने, खापर आधारभुत बिधालय घोडादाउना, खप्तड आधारभूत बिधालय अदुकाली र दुलै आधारभुत बिधालय रिठेगाउँमा सरसफाइ गरेको हो ।

पार्टीले घोषणा गरेको तीन महिने बिशेष रुपान्तरण अभियानमा जनतासंग जोडिन जनश्रमदानका कामहरू गर्नु पर्ने योजना अनुसार हामीले बिधालयमा सरसफाइ गरेको उपाध्यायले बताउनुभयो ।

माओवादी पार्टीका कार्यकर्ताले बिधालय हाताभित्रको झारपात र फोहोर सफाई गरेर राम्रो गरेको स्थानीयले प्रतिक्रिया दिएकाछन । यसरी काम गर्दै गएमा माओवादी पार्टीले जनताको मन जित्न सक्ने स्थानीयहरुको भनाइ छ । बिधालय परिसर सरसफाइ कार्यमा वडा कमिटी सदस्य जोखे सुनार हरिचन्द्र उपाध्या लगायतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202