थलारा गाउँ पालिका सहित आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाईयो ।

सेयर गरौं

आज ५९औँ राष्ट्रिय बाल दिवस थलारा गाउँपालिका सहित देशभर मनाइएक‍‍ छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईएको हो ।

थलारा गाउँपालिका शिक्षा शाखाको सहयोगमा बालदिबसको अबसरमा पालिका भित्रका विभिन्न बिधालयमा बिबिध कार्यक्रम आयोजना गरिएको थियोे ।

वडा नम्बर १ क‍ो लक्ष्मी मा बि २ को शारदा मा बि ३ को शान्ति मा बि, ४ को त्रिभुवन मा बि ५ को थलारा मा बि ७र८ को भवानी मा बि र बडा नम्बर ९ को चक्रेश्वर र पुर्णचन्द्रोदय मा बि मा अन्तर समूह बिधालयको बिबिध कार्यक्रम गरिएको थलारा गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन ९बाल मन्दिर० स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

1694774952955
1694771439186
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335