बझाङमा दुई बालिका सामुहिक करणीको शिकार

सेयर गरौं

बझाङः  बझाङमा दुई बालिका माथि जबरजस्तीकरणी गरेर तीन जना फरार भएका छन्।

जिल्लाको मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलका दुई बालिकामाथि करणी गरेर सोहि ठाउँका तीन बालक फरार भएका हुन्। करणीमा परेकी दुबै नाबालिका हुन। जबरजस्तीकरणीमा संलग्न पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। पीडित बालिकाको स्वास्थ्य परिक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने बालकहरुको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए।

पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन्। दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ। पीडित बालिकाका आफ्नतले प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202