बझाङमा शनिबार दिनभर बिद्युत सेवा अवरुद्ध हुने

सेयर गरौं

बझाङमा शनिबार दिनभर बिद्युतसेवा अवरुद्ध हुने भएको छ । शनिबार नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र अन्तर्गत ३३ केभि लाईन तार बदली तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले शनिबार दिनभर बिद्युतसेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।

शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म जिल्लाको छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना, मष्टा, तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिका क्षेत्रमा लाइन बन्द गरिने नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रद्धारा प्रकाशित सूचनामा उल्लेख छ । यसैबिच यसबाट ग्राहक वर्गमा पर्नजाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले क्षमा मागेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228