झोलुङ्गे पुल नियमित मर्मत गर्न थलारा गाउँपालिकाले गर्यो झोलुङ्गे पुल संरक्षकलाई अभिमुखिकरण

सेयर गरौं

थलारा गाउँपालिकामा झोलुङ्गे पुल संरक्षकहरु लाई नियमित मर्मत सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
पालिका भित्र रहेका झोलुङ्गे पुलको नियमित मर्मतका लागि पुल संरक्षक लाई पुल मर्मत सम्बन्धि एक दिने अभिमुखिकरण गरिएको हो ।
थलारा गाउँपालिकाको आयोजनामा,सामाजिक तथा प्राबिधिक बिकास सेवा समुहको समन्वय र अभिपोइन्ट सेवक जे.भी TBSU दिपायलको सहजिकरणमा अभिमुखिकरण गरिएको हो ।
थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रममुख अतिथि रहनु भएको थियोे ।
अभिमुखिकरण समापन कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले पुल नहुदाका दुख,पुल बनेपछिका समस्या र पुल संगको सम्बन्ध बुझेर पुल आफ्नो हो भन्ने अपनत्वको भावना सहित पुलको संरक्षण गर्न संरक्षक हरुलाई निर्देशन दिदै पालिकाको स्रोत बुझेर सेवा सुबिधा वढाईने बताउनु भयो ।
त्यस्तै थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले तत्काल पालिका भित्रका पुलहरुको अवलोकन गरि रिपोर्ट पठाउन भन्दै नियमित झोलुङ्गे पुल मर्मतका लागि मर्मत संभारकोष बनाउने बताउनु भयो ।
कार्यक्रममा थलारा गाउँपालिका भित्र रहेका १८ झोलुङ्गे पुलका १८ जना संरक्षकहरुको सहभागिता रहेको थियोे । उनिहरुलाई TBSU का प्राबिधिक उपेन्द्र नेपाल र PTFD का प्राबिधिक अधिकृत धनसिंह धामी र भगवती राउतले अभिमुखिकरण गर्नु भएको थियोे । अभिमुखिकरण पश्चात् पुल संरक्षकहरु लाई टुल ब्याग समेत दिईएको छ ।
थलारा गाउँपालिका भित्र १८ वटा झोलुङ्गे पुलहरु रहेकाछन । ती मध्ये सिमार उतगढी झ‍ोलुगे पुल सबैभन्दा जिर्ण भएको छ भने मोरायल झोलुङ्गे पुल र जडारीगाड झोलुङ्गे पुलमा पनि समस्या रहेको बताएको छ ।
नेपाल सरकारले ५० बर्ष सम्म टिक्ने डिजाइन स्टमेट बनाई झोलुङ्गे पुलको निर्माण गर्ने गरे पनि मर्मत संभार र संरक्षणको अभाबमा १०/१५ बर्षमा नै पुलहरु जीर्ण बन्ने गरेकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206