१९ आश्विन २०८१, शनिबार
हातमा कालो पट्टि बाँधेर सेवा दिदै थलारा गाउँपालिकाका कर्मचारीहरु ।
स्थानीय तह कर्मचारी अधिकार संघर्ष समिति बझाङको आव्हानमा सोमबार थलारा गाउँपालिकाका कर्मचारी हरुले हातमा कालो पट्टि बाधेर सेवा प्रवाह गरेका छन ।बिभेदकारी निजामती सेवा विधेयक २०८० को बरुद्वमा कर्मचारीले हातमा कालो पट्टि बाधेका हुन ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनु पर्ने ,संघीय,प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीलाई निजामतीको परिभाषा भित्र समेटिनु पर्ने ,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने ब्यवस्था गरिनुपर्ने,जुनसुकै सेवा समुहको जेष्ठ कर्मचारी मात्र प्रमुख प्रशासकीय अधिकृत हुन पाउनुपर्ने , सरुवा,बढुवा सेवाको सुरक्षा लगायतका माग सहित स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा रहेका छन् ।
यही असोज ७ गतेदेखि १३ गतेसम्म हातमा कालो पट्टि बाँधी कार्यालयमा ठूलो ब्यानर टाँसि बिरोध मार्फत ध्यानाकर्षण गराउने । मिति २०८०असोज १४ गतेदेखि माग सम्बोधन नहुदा सम्म प्रतेक पालिका र वडा कार्यालयमा पेन डाउन गरि बिरोध प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम तय गरिएका छन् ।