बाजुरामा आफन्तबाटै एकल महिलामाथि ‘कुकर्म’, पछि कुटपिट

सेयर गरौं

बाजुरा: बाजुरामा एक एकल महिला आफन्तबाटै बलात्कृत भएको खुलेको छ। जगन्नाथ गाउँपालिकाकी उनलाई नातामा नाति पर्ने दिल बुढाले गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो।

बलात्कारपछि आरोपितका घरका सदस्य आएर आफूमाथि कुटपिट समेत गरेको महिलाको दाबी छ। उनले आफूलाई मरसान्न हुनेगरि पिटिएकाले ३ दिनपछि मात्रै होस आएको बताइन्। कुटपिटबाट उनको शरीरमा निलडाम परेका छन्।

उक्त विषयमा उजुरी प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। कार्यालयका निमित्त प्र्मुख दानसिंह भन्डारीका अनुसार आरोपितको खोजी कार्य जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202