बझाङ तल्कोटको खौला बजारमा भीषण आगलागी, पाँच पसल जलेर खरानी

सेयर गरौं

ग्याँस पड्केर आगलागी हुँदा बझाङको तल्कोट गाउँपालिका – ५ खौला बजारमा २ घरमा रहेका पाँच पसल खरानी भएका छन् । उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर लागेको आगोले ५ पसलको अर्बौको नोक्सानी गरेको हो । तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २:३० बाट सुरु भएको आगलागी ३:४५ सम्म नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

आगलागीबाट २ वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलहरु सामानसहित जलेका छन् । आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नस्ट भएको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो ।

उहाँका अनुसार अझैं क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो नियन्त्रण गर्न स्थानीय र प्रहरी प्रयासरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335