अभियानमा खटिएका माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष महेशको निधन 

सेयर गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाले संक्रमणले थपा परेका बडुवालको उपचारको लागि लखनाउ लिँदै गर्दा बाटोमै निधन भएको हो ।

पार्टीको तीन महिने जनतासँग माओवादी अभियानको क्रममा कार्यक्षेत्र डोटीमा खटिएका महेश स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारमा लागेका थिए ।

जनयुद्धकालदेखि पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए ।

जनयुद्धको क्रममा सुर्खेत जेल ब्रकका योद्धा समेत हुन् ।

पाँच भाइमध्ये महेश काइला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263