२८ आश्विन २०८१, सोमबार
थलारा गाउँपालिकामा सञ्चालन भयो पैसा नलाग्ने टोल फ्रि नम्बर ।
बझाङ: थलारा गाउपालिकाले पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । मर्सिकोर नेपाल र एमपिडीएसको साझेदारीमा गाउपालिकालाइ उक्त टोल फ्रि नम्बर प्रदान गरीएको हो । स्थानीय उत्पादनमा आधारीत बिद्यालयमा दिवा खाजा कार्यक्रम अन्तर्गत उक्त टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको हो । बिकासका लागी प्रभाबकारी सञ्चार महत्वपुणर् रहेको भन्दै टोलफ्रि नम्बर बाट जनताको गुनासो आउने र अझै पालिकाको काम प्रभाबकारी हुने भएकाले टोलफ्रि नबर सचालनमा ल्याइएको MPDS का थलारा FTA धनसेर बहादुर कडायत ले बताउनुभयो ।
स्थानीय उत्पादनमा आधारीत बिद्यालयमा दिवा खाजा कार्यक्रम लागुभएका बझाङका स्थानीय तहमाहरुमा नै टोल फ्रि नम्बर सञ्चालन गर्न लागेको उहाको भनाइ छ ।
थलारा गाउपालिका उपाध्यक्ष राम बहादुर खातीले फोनमा कुरा गदै टोल फ्रि नम्बर को सुरुवात गर्नुभएको हो । अब थलारा गाउपालिका भरीका नागरीकहरुले पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५००००४७ मा सम्पर्क गरेर जानकारी दिन र जिज्ञासा लागेका कुराहरु बुझ्न सक्ने छन् ।
गाउपालिका उपाध्यक्ष खातीले कुनै समस्या गुनासा भए पैसा नलाग्ने नमबरमा फोन गर्न अनुरोध गर्दै आएका गुनासाहरुको सके सम्म समाधान गर्ने कोसिस गर्ने बताउनुभयो
टोलफ्रि नम्बर को फोन सेट बुझ्दै थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले संस्थाले प्रदान गरेको टोल फ्रि नम्बर सञ्चालनमा आएपछि जनताले समस्या पर्दा विना पैसा फोन गर्न सक्ने छन भन्दै समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भएको थियो । साथै उनले थलारा गाउँ पालिका आफैले पनि आफ्नै पहलमा टोल फ्रि नम्बर सञ्चालन गर्ने तयारी गरेको बताउनु भयो ।