थलारा गाउँपालिकाले बाल कक्षाहरुमा जयपृथ्बी बाल शिक्षा आधार पुस्तक अक्षराङक पठन पाठन गराउने

सेयर गरौं

शैक्षिक सुधारगर्न थलारा गाउँपालिकाले बाल कक्षा हरुमा एकीकृत पाठ्यक्रममा आधारित जयपृथ्बी बाल शिक्षा आधार पुस्तक अक्षराङक पठन पाठन गराउने भएको छ । बालकक्षा हरुमा कुनै पनि पाठ्यपुस्तक नहुदा पठन पाठन गराउन समस्या भएपछि गाउँपालिकाले एकीकृत पाठ्यक्रममा आधारित जयपृथ्बी बाल शिक्षा आधार पुस्तक अक्षराङक (All IN ONE) दिने निर्णय गरेको हो ।
कक्षा १ देखि माथि पाठ्यपुस्तक भएपनि बालकक्षामा पाठ्यपुस्तक नहुदा पठनपाठनमा समस्या भएको थियोे गाउँपालिकाले सुनाई,बोलाई,पढाइ र लेखाईमा आधारित बाल शिक्षा आधार पुस्तक खरिद गरेर पठनपाठनका लागि दिने निर्णय गरेको छ शिक्षा शाखा प्रमुख हर्कबहादुर रोकायाले बताउनुभयो ।
त्रिभुवन माध्यमिक बिधालय महेन्द्र धारका शिक्षक प्रेम बहादुर बिष्टले लेख्नु भएको उक्त पुस्तकमा अंग्रेजी,नेपाली,गणित,सामाजिक सबै बिषय बालगीत,बाल कविता समेटिएका छन् । उक्त पुस्तक बालकक्षामा पठनपाठन गराउदा पढाइको गुणस्तर बृद्वि हुने लक्ष्य सहित उक्त पुस्तक उपलब्ध गराईएको शिक्षा सहायक राईभान ओलीले बताउनु भयो ।
थलारा गाउँपालिकामा ४७ वटा बालकक्षा रहेकाछन जसमा ८ सय ५४ बालबालिका अध्य्यनरत रहेका शिक्षा शाखा प्रमुख रोकायाले जानकारी दिनु भयो ।

IMG 20230929 183434
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206