२४ माघ २०८१, बिहीबार

बझाङ छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत भेटिए ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत फेला परेका छन् । अन्दाजी ३३ वर्षीय हिक्मत धामी बैतडीमा मृत भेटिएका हुन् ।
गए राती साढे २ बजेको समयमा दशरथचन्द नगरपालिका -८ झुलाघाँट स्थित बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत फेला परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
अहिले उनका आफन्तलाई खबर गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले नेपाल बताएको छ । धामी भारतको अलमोडमा काम गर्दै आएका थिए । दसैँ तिहार नजिकिएसँगै उनी घर फर्किंदै थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1