प्रधानमन्त्री नेतृत्वको टोली बझाङ प्रस्थान

सेयर गरौं

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पले प्रभाव पारेको जिल्ला बझाङ जानु भएको छ । 

बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट बझाङ जानुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको टोली आजै काठमाडाैँ फर्कनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228