२८ आश्विन २०८१, सोमबार
बझाङमा शनिबार फेरि भूकम्प
बझाङ सुदूर पश्चिमको हिमाली जिल्ला बझाङमा शनिबार फेरि भूकम्पको धक्का महसुस भएको छ। बिहान ११ : ४५ बजे ५.३ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। १२ बजेर ३२ मिनेट फेरि अर्को धक्का भएको छ ।
मंगलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता लगातार रूपमा परकम्पहरू गइरहेका छन्।
भूकम्पको क्षति अवलोकन र व्यवस्थापनका लागि भन्दै हिजो प्रधानमन्त्रीसहित उच्च सरकारी टोलीसमेत बझाङ पुगेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1