रुखबाट लडेर बझाङमा ८ वर्षीय बालकको मृत्यु

सेयर गरौं

बझाङ। बझाङमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ। बझाङको जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीको छोरा ८ वर्षीय बिजय सार्कीको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रवार साँझ घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेका बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो। उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको जिल्ला प्रहरि कार्यालय बझाङका सुचना अधिकारि दिपेस चौधरीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203