भूकम्पको झट्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते

सेयर गरौं

बझाङ : मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आएको भूकम्पको धक्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते भएका छन् । शनिबार बिहान ११:४५ मा भूकम्प आउँदा घर छाएको स्लेट खसेको र आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन् । 

उनको हातमा चोट लागेर नशा च्यातिएको भातेखोला स्वास्थ चौकीलाई उद्धत गर्दै मष्टा – ४ का वडा अध्यक्ष उत्तम जोशीले बताए 

उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ । 

बझाङमा शनिबार बिहान ११:४५ बजे भातेखोला केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केल भुकम्प धक्का महशुस भएको थियो भने दिउँसो १२:३२ बजे पुनः तल्कोट गाउँपालिकाको धमेना आसपास केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भुकम्प गएको थियो । 

गत मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यस यता निरुन्तर बझाङमा कम्पन भइरहेको छ । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314