इजरायलमा हमासको आक्रमणपछि नेपाली विद्यार्थीको भावुक सन्देश

सेयर गरौं

काठमाडौ । इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरेलले गरेको जवाफी हमलामा कम्तीमा १९८ जना प्यालेस्टिनीहरू मारिएको विवरण आएको बिबिसीले जनाएको छ ।

हमासले अचानक गरेको रकेट प्रहारका क्रममा इजरेलमा यसअघि कम्तीमा ४० जनाको ज्यान गएको बताइएको थियो। त्यस्तै सात सयभन्दा बढी इजरेलीहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

शनिवार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए।

इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइतेभएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ।

ती मध्ये ९ जना विद्यार्थीहरु घाइते भएको जानकारी आफूले पाएको उनले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जानकारी आफूले पाएको उनले बताए । उनका अनुसार हमास विद्रोहीले शनिबार बिहान अचानक आक्रमण गरेका थिए । मोटरसाइकल र ग्लाइडरबाट उनीहरु इजरायल छिरेको र बमबारी गरेको बताइएको छ।

इजरायलमा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट त्यहाँको अवस्थाबारे जानकारी गराएका छन् ।  त्यहाँ रहेका एक नेपाली युवाले घाइते भएका र रक्ताम्य अवस्थामा रहेका विद्यार्थीको भिडियो सार्वजनिक गरेका छन् ।

त्यस्तै एकजना विद्यार्थीले भिडियोमार्फत् भावुक सन्देश दिएका छन् । उनले भनेका छन्, “मेरो घरमा आमाको औषधि गरिदिनु है, सबैले ।” त्यस्तै धेरै नेपालीहरुले सुरक्षित रहन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाटै उनीहरुले नेपाली विद्यार्थीहरुको चाँडो उद्धार गर्न आग्रह पनि गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयले पनि शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको पुष्टि गरेको छ ।

एक फार्ममा कार्यरत १४ नेपालीमध्ये ९ जना घाइते भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । इजरालयमा रहेको नेपाली दूतावासले नजिकबाट समन्वय गरिरहेको बताइएको छ । त्यहाँस्थित नेपाली दूतावासले इजरायलका अधिकारीहरुसँग सुरक्षा र नेपालीको उद्धारमा पहल गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314