युनिसेफ नेपालले थलारा गाउँपालिकाका सामुदायिक बिधालयमा वितरण गर्यो ३२ लाख बराबरको राहत सामाग्री

सेयर गरौं

युनिसेफ नेपालले थलारा गाउँपालिकाका सामुदायिक बिधालयमा राहत सामाग्री वितरण गरेको छ । यहि असोज १६ गते बझाङ केन्द्र बिन्दु बनाई गएको ६ दशमलब ३ म्याग्नेचुडको भूकम्पका कारण क्षति पुगेर प्रभावित भएका सामुदायिक बिधालयमा शनिबार युनिसेफले राहात वितरण गरेको हो ।
युनिसेफले थलारा गाउँपालिका ४७ वटै शैक्षिक संस्थालाई ३२ लाख बराबरको त्रिपाल,वालकक्षा र बिधालयमा कीट बक्स र अन्य शैक्षिक सामाग्री उपलब्ध गराएको थलारा गाउँपालिका शिक्षा शाखा संयोजक हर्क बहादुर र‍ोकायाले जानकारी दिनु भयो ।
राहात वितरण कार्यक्रममा थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकाया,उपाध्यक्ष राम बहादुर खाती,वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी ,वडानम्व ५ का अध्यक्ष नर बहादुर खाती, वडा नम्बर ६ का अध्यक्ष अनिल बिष्ट , वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्की, वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी, वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र बिष्ट , ईन्जिनियर संगित रोकाया, सुचना अधिकृत प्रकाश भण्डारी ,शिक्षा संयोजक हर्क बहादुर रोकाया लगायतको उपस्थिति रहेको थियोे ।
युनिसेफका परसु पन्तको टोलिले थलारा गाउँ पालिकाको रोहवरमा उक्त राहात सामाग्री विधालयलाई वितरण गरेको हो ।
केही दिन अघि युनिसेफले विपदको समयमा पनि कसरी पढाइ निरन्तरता दिन सकिन्छ भनी भुकम्प ले प्रभावित थलारा गाउँ पालिकामा अन्तरक्रिया गरेको थियोे ।उक्त अन्तरक्रियामा थलारा गाउँपालिका २४ सामुदायिक बिधालयका ८१ कक्षा कोठा भुकम्पले भत्काएको र पठनपाठन गराउन नसकिने अबस्था रहेको तथ्यांक संकलन गरेको थियोे । जसका कारण १५ सय बढी बिधार्थी प्रभावित भएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314