२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँपालिकाका भूकम्प प्रभावितलाई हिमानी कोषले बितरण गर्यो राहात ।
हिमानी कोषले राहात उपलब्ध गराएको छ । सोमबार थलारा गाउँ पालिकाका भूकम्प प्रभावितहरुका लागि राहात उपलब्ध गराएको हो ।
हिमानी कोषले थलारा गाउँपालिकाका भूकम्प प्रभावित हरुकालागि ३ सय २० थान कम्मल,१ सय २० थान भाडा बर्तन र १ सय २० थान लत्ताकपडा थलारा गाउँपालिका लाई हस्तान्तरण गरेको हो ।
तेज बहादुर सिंह, राजेन्द्र सिंह र हिमानी कोषका बझाङ संयोजक पबिन्द्र सिहंको टोलिले पत्रकार र स्थानीयको उपस्थितिमा उक्त राहात सामाग्री थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीलाई हस्तान्तरण गरेको हो ।
राजधानीमा बस्दै आएका समाजसेवी तेज बहादुर सिंहले भूकम्पले बझाङबासी आहात भएको खबर सुन्दा जन्मभूमिका लागि केही गर्नु पर्छ भन्ने पबित्र उद्देश्यले हिमानी कोषलाई अनुरोध गरेर राहात उपलब्ध गराईएको बताउनु भयो । यसमा कुनै राजनीति नभएकाले बास्तबिक पिडितलाई राहात बितरण गर्न गाउँपालिकालाई अनुरोध समेत गर्नु भयो ।
त्यस्तै अर्का समाजसेवी राजेन्द्र सिंहले भूकम्पले सवै भन्दाबढी थलारा गाउँपालिका प्रभावित भएकाले राहात थलारा गाउँपालिकामा केन्द्रित गरेको भन्दै राहातलाई बास्तबिक पिडित समक्ष पुर्याउन अनुरोध गर्नु भयो ।
राहात सामाग्री बुझ्दै थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले राहात उपलब्ध गराई सहयोग गरेकोमा धन्यवाद दिनु भयो । साथै उनलेे भूकम्पले भत्किएका संरचना पुनर्निर्माण गर्न सहयोगकालागि अपिल पनि गर्नु भयो । र उपलब्ध राहात वास्तविक प्रभावितलाई वितरण गर्ने प्रतिबद्धता गर्नु भयो ।
यहि असोज १६ गते चैनपुर केन्द्र बिन्दु बनाई आएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पले थलारा गाउँपालिकाका हजार बढी घरहरुमा क्षति पुगेको छ ।