थलारा गाउँपालिकामा न्यायिक समितिलाई दुई दिने तालिम सुरु

सेयर गरौं

थलारा गाउँपालिकामा न्यायिक समितिलाई दुई दिने तालिम सुरु भएको छ । दलित सहयोग समाज चैनपुर बझाङको आयोजनामा र यु.एम.एन. बझाङको आर्थिक सहयोगमा मंगलबार देखि गाउँपालिका स्तरीय न्यायिक समितिलाई दुई दिने तालिम सुरु भएको ह‍ो ।
स्थानीय स्तरमा आउने बिबादको मेलमिलापद्वारा कसरी निरुपण गर्ने र न्यायमा पहुँच पुर्‍याउने भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बि.क.को अध्यक्षतामा भएको तालिममा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि र उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियोे ।
तालिममा गाउँपालिका स्तरीय न्यायिक समितिलाई कानुनी जानकारी गराउने, न्यायिक समितिले निरुपण गर्ने बिबादको विषयमा जानकारी गराउने, न्याय सम्पादनमा न्यायिक समितिको भूमिका लगायतका बिषयमा जानकारी गराईने दलित सहयोग समाज कार्यक्रम अधिकृत बिस्ना बमले जानकारी दिनु भयो ।
तालिममा गाउँपालिका स्तरीय न्यायिक समितिका सदस्यहरु,वडा नम्बर २ का अध्यक्ष रवीन्द्र खाती ४ का वडा अध्यक्ष रामचन्द्र ज‍ोशी,वडा नम्बर ५ का अध्यक्ष नर बहादुर खाती जेष्ठ नागरिक महिला तथा बालबालिका शाखा प्रमुख हेमन्त चन्द लगायत सरोकार बालाहरुको सहभागीता रहेको छ । सहभागीलाई अधिबक्ता शिवराज जोशीले कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिईरहनु भएको छ । कार्यक्रम दलित सहयोग समाजका एसएम पूर्ण नेपालिको सञ्चालनमा भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270