२९ मंसिर २०८१, शनिबार
थलारा गाउँपालिकामा न्यायिक समितिलाई दुई दिने तालिम सम्पन्न
थलारा गाउँपालिकामा न्यायिक समितिलाई दुई दिने तालिम सम्पन्न भएको छ । दलित सहयोग समाज चैनपुर बझाङको आयोजनामा र यु.एम.एन. बझाङको आर्थिक सहयोगमा मंगलबार देखि गाउँपालिका स्तरीय न्यायिक समितिलाई दुई दिने तालिम बुधबार सम्पन्न भएको हो ।
स्थानीय स्तरमा आउने बिबादको मेलमिलापद्वारा कसरी निरुपण गर्ने र न्यायमा पहुँच पुर्याउने भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बि.क.को अध्यक्षतामा भएको तालिममा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि र उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि र दलित सहयोग समाज कार्यक्रम अधिकृत बिस्ना बम अतिथि रहनु भएको थियोे ।
तालिममा गाउँपालिका स्तरीय न्यायिक समितिलाई नेपालमा बनेका नीति नियम, ऐनकानुन हरुका बारेमा जानकारी गराईएको थियोे । न्यायिक समितिले मेलमिलाप गर्न सकिने मुद्वाहरु बारेमा छलफल गरिएको थियोे ।
अधिवक्ता शिवराज जोशीले तालिममा सहभागीलाई पिडित र पिडक दुवै पक्षलाई कसरी परामर्श गर्ने विषयमा जानकारी गराउदै कानुनले लैङ्गकि हिसाबले महिला पुरुष दुवैलाई बराबर बनाएकाले जिम्मेवार ब्यक्तिले कसैलाई पनि कम्जोर बनाउन नहुने बताउनुभयो ।
तालिममा गाउँपालिका स्तरीय न्यायिक समितिका सदस्यहरु,वडा नम्बर २ का अध्यक्ष रवीन्द्र खाती ४ का वडा अध्यक्ष रामचन्द्र जोशी,वडा नम्बर ५ का अध्यक्ष नर बहादुर खाती जेष्ठ नागरिक महिला तथा बालबालिका शाखा प्रमुख हेमन्त चन्द लगायत सरोकार बालाहरुको सहभागीता रहेको छ । सहभागीलाई अधिबक्ता शिवराज जोशीले कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिईरहनु भएको थियोे । कार्यक्रम दलित सहयोग समाजका एसएम पूर्ण नेपालिको सञ्चालनमा भएको थियोे ।