बादी समुदायलाई दशै मनाउन वडा अध्यक्ष खातीले गरे खाद्य सामाग्री सहयोग

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खातीले बादी समुदायलाई दशै मनाउन खाद्य सामाग्री सहयोग गर्नु भएको छ ।
वडा भित्र बसोबास गर्ने २५ बादी परिवारलाई अध्यक्ष खातीले दशै मनाउन चावल, नुन र तेल सहयोग गर्नु भएको हो ।
बेरोजगार तथा गरिब बादी समुदायलाई दशै मनाउन समस्या हुने हुदा कसरी दशै मनाउने भन्ने चिन्ता नगरुन भनेर आफुले बादी समुदायलाई ब्यक्तिगत तबरबाट खाद्य सामाग्री सहयोग गरेको वडा अध्यक्ष खातीले बताउनु भयो ।
वडा अध्यक्ष खातीले २५ परिवार बादी समुदायको लागि दशै मनाउन १ सय ५० किलो चावल,२५ किलो नुन र २५ किलो खाने तेल सहयोग गर्नु भएको हो ।
कसरी दशै मनाउने भन्ने चिन्ता लागेकाबेला वडा अध्यक्ष ले हामीलाई खाद्य सामाग्री उपलब्ध गराई चिन्ताबाट मुक्त गरेको बादी समुदायका अगुवा अम्मर बादीले बताउनु भयो ।
थलारा गाउँपालिका वडा नम्बर ५ खोली बजारमा भुमिहिन २५ परिवार बादी समुदाय बस्दै आएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
2
+1
0
+1
1
+1
0
पदम खड्का
पदम खड्का
Articles: 151