२७ आश्विन २०८१, आईतवार
दशै मेलाको अबसरमा आयोजित थलारा गाउँपालिका वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु
राष्ट्रकालागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने नारा सहित दशै मेलाको अबसरमा आयोजित थलारा गाउँपालिका वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ ।
थलारा गाउँपालिकाको आर्थिक सहयोग र दशैमेला ब्यवस्थापन समितिको आयोजनामा भैहेको प्रतियोगितामा थलारा गाउँपालिका भित्रका १५ पुरुष टिम र ५ महिला खेलाडी टिम दर्ता भएकाछन । दशै मेला ब्यवस्थापन समिति अध्यक्ष रविन्द्र कडालको अध्यक्षतामा भएको भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति सहसंयोजक कृष्ण बिष्टले उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम पुरस्कार ६२ हजार ५ सय १० द्वितीय पुरस्कार ४० हजार ५ सय १० र तृतीय पुरस्कार २५ हजार ५ सय १० मेडल ट्रफी प्रमाणपत्र राखिएको छ ।
त्यस्तै महिला भलिबलमा प्रथम पुरस्कार ३१ हजार ५ सय १० द्वितीय पुरस्कार १८ हजार ५ सय १० तृतीय पुरस्कार १२ हजार ५ सय १० मेडल ट्रफी र प्रमाणपत्र राखिएको छ । खेल नकआउट चरणमा खेलाईदै छ । खेलमा खेलाडीलाई जकेट अनिवार्य गरिएको छ भने वडा पालिकाको सिफारिस मागिएको छ ।
खेलको पहिलो दिन आयजक बि र ग्रीनसिटि सेरालागाउ बीच भएको थियोे जसमा ग्रीनसिटि टिम सेरालागाँउ बिजयी भएको छ ।