थलारा-१ भलिबल प्रतियोगिता : आज पुरुष तर्फ सेमिफाइनल र महिला तर्फ फाइनल चरणका खेलहरु हुने

सेयर गरौं

युवा तथा खेलकुद विकास समिति थलारा -१ को आयोजनामा थलारा गाउँपालिका वडा नम्बर -१ मा सञ्चालन भइरहेको भलिबल प्रतियोगितामा आइतबार महिला तर्फ ६ वटा खेल सम्पन्न र पुरुस तर्फ ४ वटा क्वाटर फाइनल खेल सम्पन्न भएका हुन् ।

महिला तर्फ आइतबार भएको पहिलो खेलमा डाँडाबाग ढाँडेगडा र रेगम भिडेका थिए जसमा रेगम बिजयी भएको छ । भवानी पिपलकोट टिम र आयोजक बीच भएको दोस्रो खेलमा आयोजक बिजयी भएको छ । त्यसैगरि दोस्रो चरणको खेलमा रतन स्मृति दंगाजी र रेगमबीच भएको खेलमा रेगमले जीत हात पारेको छ भने थापागाउँ र आयोजकबीच भएको अर्को खेलमा आयोजक बिजयी भएको छ ।

महिला तर्फ सोमबार (आज) हुने फाइनल खेलमा प्रथम र द्धितिय स्थानका लागि रेगम र आयोजक टिमबीच पहिलो खेल हुनेछ  भने तृतिय स्थानका लागि रतन स्मृति र थापागाउँ भिड्ने आयोजक संस्था युवा तथा खेलकुद विकास समिति थलारा १ का अध्यक्ष जनक निरौलाले बताउनुभयो । 


पुरुष तर्फ आइतबार भएको क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा जनसेवा युवा क्लब मोतिपुर र रेगम ए भिडेका थिए । यस खेलमा रेगम ए बिजयी भएर सेमिफाइनल प्रवेश गरेको छ । यस्तै आयोजक ए र आयोजक बी बीच भएको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक ए बिजयी भएको छ । यस्तै खड्का एक्सप्रेस बगडा र मालिका मोतिपुर टिमबीचको तेस्रो खेलमा खड्का एक्सप्रेस बिजयी भएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालिका भवानी दंगार्जी र रेगम बी बिच भएको चौथो खेलमा खेलमा कालिका भवानी बिजयी भएको छ । सोमबार आज पुरुष तर्फ सेमिफाइनल र महिला तर्फ फाइनल चरण खेलहरु हुनेछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203