इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेश नेपालीको शव बझाङ ल्याईदै ।

सेयर गरौं

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका बझाङका गणेश नेपालीको शव नेपाल ल्याइएको छ। फ्लाई दुबईको विमानमार्फत बिहीबार बिहान ७ बजे बझाङको जयपृथ्वी नगरपालिका -६ का गणेशकुमार नेपालीको शव काठमाडौं ल्याइएको हो । उनको शव दाहा सस्कारका लागि शुक्रबार बझाङ ल्याईने बताइएको छ।

उनको शव काठमाडौंबाट बिहीबार बिहान ९ बजे धनगढीका लागि ल्याइएको र शुक्रबार बेलुका बझाङ आइपुग्ने गणेशका दाई विकास नेपालीले बताउनुभयो । शव वाहनको भाडा सरकारले व्यहोर्ने बताइएको 

हमासको आक्रमणमा परी मृत्यु भएका बाँकी पाँचजनाको शव पनि चाडै नेपाल ल्याइने परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताउनुभयो ।

यसअघि दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन्।

कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ । साथै इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203