थलारा गाउँ पालिका वडा नम्बर ८ ले दशै तिहारको अवसरमा आयोजना गरेको सायर मेला पुरुष भलिबल प्रतियोगिता र डेउडा कार्यक्रम आज बाट सुरु

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा गाउँ पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र डेउडा कार्यक्रम आज बाट उद्घाटन भएको छ ।
राष्ट्रकालागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने नारा सहित दशै तथा शुभ दिपावलीको अबसरमा थलारा गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र डेउडा कार्यक्रम कार्तिक ११ गतेदेखि सुरु भएको हो।
डाडाबाघ सायर मेला ब्यबस्थापन समितिका अध्यक्ष उमेश बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीले गर्नु भएको हो । कार्यक्रममा थलारा गाउँ पालिका वडा नम्बर ८ का वडा अध्यक्ष टीका राज जोशी , वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खाती, थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित , सुदुर पश्चिम विश्व बिधालयका प्राध्यापक डा. हरिषचन्द्र भट्ट , त्रिभुवन विश्व बिधालयका सहायक प्राध्यापक डा. दीर्घराज जोशी , सर्बोच्च अदालतका शाखा अधिकृत बशन्तराज जोशी बिशिस्ट अतिथि रहनु भएको थियो ।
पुरुष भलिबल प्रतियोगितामा १६ वटा टिम दर्ता भएका आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार ५ प्रमाणपत्र , द्वितीय पुरस्कार २० हजार ५ प्रमाणपत्र र तृतीय पुरस्कार १५ हजार ५ प्रमाणपत्र राखिएको छ ।
टिम दर्ता शुल्क २ हजार तोकिएको आयोजक डाडाबाघ सायर मेला ब्यवस्थापन समितिले जनाएको छ ।
प्रतियोगिताको पहिलो खेल आयोजक टिम र वडा नम्बर ७ बि टिम बीच भएको थियोे जसमा आयोजक टिम बिजय भएको छ । भोलि को पहिलो म्याच syc र वडा नम्बर ५ बीच हुने आयोजकले जनाएको छ ।

डेउडा कार्यक्रम कार्तिक १४ गते देखि १५ गते सम्म हुने भएको छ । जसमा बझाङका चर्चित महिला तथा पुरुष डेउडियालाइ आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 269