१३ माघ २०८१, आईतवार
बझाङ सदरमुकाम चैनपुरमा प्रहरीको छापा, लागुऔषधसहित एक जना प्रहरी नियन्त्रणमा
बझाङ प्रहरीले सदरमुकाम चैनपुरको एक हेयर कटिङ पसलबाट छापा हानेर लागुऔषध ट्रामाडोल र अन्य लागु पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चैनपुरमा रहेको सुर्जन हेयर कटिङ पसलबाट ट्रामाडोलसहित अन्य लागुपदार्थ र पसल सञ्चालक सुर्जन बोहोरालाई नियन्त्रणमा लिएको हो ।
आइतबार दिउँसो ३ बजे प्रहरी सहायक हवल्दार शम्भु धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले पसलमा शंका लागेर खानतलासी गर्दा काठको घर्राभित्र कालो प्लास्टिकमा पोको पारी लुकाएको अवस्थामा फेला पारेको हो । पसल सञ्चालक सुर्जन बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1