२५ मंसिर २०८१, मंगलवार
बझाङ जिल्लामा भुकम्पको बारेमा सर्बेक्षण गरीयो
बझाङ जिल्लामा भुकम्पको बारेमा सर्बेक्षण गरीएको छ । भुकम्पका बारेको सर्बेक्षणमा सहभागी बनौँ सुरक्षित र भुकम्प प्रतिरोधात्मक समाजको निर्माण गरौँ भन्ने नाराका साथ आज सदरमुकाम चैनपुरको सुर्मादेबी गेट नजिकै भुकम्पका बारेमा सर्बेक्षण गरेको हो । सिलदेबी मेलाको अबसर पारी बिभिन्न स्थानहरुबाट आएका दर्शकहरुलाइ भुकम्पको बारेमा जानकारी भए नभएको बारे जानकारी लिने उदेश्यले उक्त सर्बेक्षण गरीएको हो । बझाङ जिल्ला भुकम्पको जोखिममा रहेकाले भौगर्भिक इन्जिनियर कमल थापाको व्यक्तिगत पहलमा भुकम्पका बारेमा सर्बसाधारणमा भुकम्प सम्बन्धि सर्बेक्षण गरेको हो ।
आज पहिलो दिन उक्त सर्बक्षण कार्यमा १ सय ५० जना मेलामा आएका सर्बसाधारण ,शिक्षक,जनप्रतिनिधिहरु लाइ भुकम्प बारे जानकारी गराइएको थियो । असोज १६ गते जिल्लामा भुकम्प जादा ठुलो क्षती गरेको र अझै पराकम्पन गै रहेकाले जोखिम कायमै रहेकाले जनतामा भुकम्पबारे के कती ज्ञान छ र अझै जनचेतनाको लागी के गर्न सकिन्छ भन्दै तथ्याङक लिएको जसले बिज्ञहरुलाइ भुकम्प प्रतिरोधक समाजको बिकास गर्न उपयोगी हुने भौगर्भिक इन्जिनीयर कमल थापाले बताउनुभयो । भुकम्प बारे भोलि समेत जानकारी गराइने उहाले बताउनुभयो ।