बझाङको न्यु चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गर्ने गरेको खुलासा !

सेयर गरौं

बझाङ:   बझाङको न्यु चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गर्ने गरेको खुलेको छ । सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैनपुरमा रहेको चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको हो । आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध सहित पसल सञ्चालक पक्राउ परेसँगै यस्तो रहस्य खुल्न आएको हो । न्यु चैन मेडिकलबाट सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमति विना बिक्री वितरण गर्न नमिल्ने लागुऔषध बितरण भइरहेको पाइएको छ ।

प्रहरीले सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामी सँग लगेको बयानका आधारमा न्यु चैन मेडिकलका प्रविन मण्डललाई पनि पक्राउ गरि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानको लागि हिरासतमा राखेको जनाएको छ । यस्ता औषधी गम्भीर विरामी तथा घाइतेलाई प्रयोग गरिने भए पनि बझाङ लगायत सुदूरपश्चिमका युवाहरुले नशाको माध्यमबाट लागुऔषधका रुपमा प्रयोग गर्दै आएका छन् । बझाङमा पनि पछिल्लो समय यस्ता लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् ।

केही समय अघि मात्रै जयपृथ्वी अस्पतालमा यसै विषयमा चिकित्सक माथि कुटपिट भएको थियो । लागुऔषध प्रयोगकर्ता १५ वर्षदेखि ३५ वर्षसम्मका बेरोजगार युवाहरु रहेको प्रहरीले बताएको छ । बझाङमा अनुगमन नहुने हुँदा लागुऔषध को खुलेयाम बिक्री वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263