डिजेल र मट्टीतेलको मूल्य घट्यो

सेयर गरौं

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। 

बुधबार बिहान १ बजेदेखि लागुहुने गरि डिजेल र मट्टीतेलमा प्रतिलिटर ४/४ रुपैयाँ घटाएको  निगमले जनाएको छ

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको हो।

नँया मूल्यसूची अनुसार काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230