सेती नदीमा बेपत्ता सुरेन्द्र कठायत अझै फेला परेनन खोजीका लागि गोताखोर परिचालन

सेयर गरौं

बझाङः सेती नदीमा बेपत्ता सुरेन्द्र कठायत अझै फेला परेका छैनन्।

बझाङको मस्टा गाउँपालिका–४ तातोपानीस्थित सेती नदीमा बेपत्ता भएका कठायतको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ।

मस्टा गाउँपालिका–४ आग्राका करिब ३८ वर्षीय कठायत कात्तिक ११ गते नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। उनको खोजी गर्न मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा टोली उद्धार सामाग्रीसहित खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230