२७ आश्विन २०८१, आईतवार
भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै
सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ ।
बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कुन उमेरका बालबालिकालाई कति खुवाउने ?
– ६ महिनासम्मकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दुवै नखुवाउने ।
– ६ महिनादेखि एक वर्षसम्मकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल खुवाउने, जुकाको औषधि नखुवाउने ।
– एक वर्षदेखि दुई वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि आधा चक्की खुवाउने ।
– दुई वर्षदेखि पाँच वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि एक चक्की खुवाउने ।
भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ ।
पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ‘ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।