एकजना भूकम्पका घाइतेको भेरी अस्पतालमा मृत्यु

सेयर गरौं

काठमाडौं : नेपालगन्जमा उपचारका लागि ल्याइएका एकजना भूकम्पका घाइतेको मृत्यु भएको छ। जिल्ला प्रशासन बाँकेका अनुसार नलगाड-१ पाली जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको हेलिकप्टरबाट ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई भेरी अस्पताल पुर्‍याउनासाथ  चिकित्सकले मृत घोषणा गरेका थिए।

जाजरकोट भूकम्पमा गम्भीर बिरामीको उपचारका लागि ‘डेडिकेट’ अस्पतालमा तोकिएको  बाँकेको भेरी अस्पतालमा हालसम्म १७ जना गम्भीर घाइतेलाई उपचारको लागि पुर्‍याइएको छ। 

घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज स्थित भेरी अस्पताल ल्याइएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1365