भैंसी किन्न गएका पण्डितको लडेर ज्यान गयो ।

सेयर गरौं

बझाङमा एक जना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका -८ पण्डित गाउँका ५५ वर्षीया गंगा दत्त पण्डित रहेका छन् ।

थलारा गाउँ पालिका वडा नम्बर ५ हाटबाट भैंसी किनेर ल्याउदै गर्दा भैसीका लागि सडक छेउको भीमलको घाँस काटिरहेका पण्डित आज बिहान ८:३० बजे एक्कासी लडेर गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते भएका पण्डितलाई एम्बुलेन्स मार्फत् जिल्ला अस्पताल सिमखेत ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक दिपेश चौधरीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
20
संवाददाता
संवाददाता
Articles: 1245