७ चैत्र २०८१, शुक्रबार

शिलदेवी मेला पुरुष भलिबल प्रतियोगितामा द्वितीय स्थान ल्याउन सफल खेलाडीलाई थलारा गाउँपालिकाले नगदसहित सम्मान गर्यो
थलारा गाउँ पालिकाले भलिबल खेलाडीलाई सम्मान गरेको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले शिलदेवी मेलामा आयोजना गरेको पालिका स्तरीय मदन आश्रीत पुरुष भलिबल प्रतियोगितामा द्वितीय स्थान ल्याउन सफल गाउँ पालिका खेलाडीलाई सम्मान गरेको हो ।
प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरेर गाउँपालिकाको सान बढाएको भन्दै खेलाडीको मनोबल उच्च राख्न गाउँ पालिकाले सम्मान सहित पुरस्कृत गर्ने निर्णय गरेको थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बताउनु भयो ।
उनका अनुसार आईतवार बसेको कार्पालिका बैठकले नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले शिलदेबी मेलाको अवसरमा आयोजना गरेको मदन आश्रीत स्मृति पुरुष भलिबल प्रतियोगितामा द्वितीय स्थान ल्याउन सफल खेलाडीलाई जनही ५/५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
खेलाडीहरुले जितेर ल्याएको ट्रफी गाउँपालिकालाई हस्तान्तरण गरेकाछन भने खादा सहित थलारा गाउँपालिकाले खेलाडीलाई सम्मान गरेको हो ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङद्वारा आयोजित पालिका स्तरीय मदन आश्रीत स्मृति पुरुष भलिबल प्रतियोगितामा थलारा गाउँपालिका टिमले द्वितीय स्थान हासिल गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र जितेको थियोे ।
खेलाडीको मनोवल बढाउन थलारा गाउँपालिकाले गरेको सम्मान स्वागतयोग्य रहेको खेलाडीहरुले प्रतिक्रिया दिएकाछन ।