थलारा गाउँपालिका वडा नम्बर ७ को ऐतिहासिक चतुर्दशी मेला सम्पन्न ।

सेयर गरौं

थलाारा गाउँपालिका वडा नम्बर ७ मा मनाईदै आएको ऐतिहासिक चतुर्दशिमेला आयोजित पुरुष भलिवल प्रतियोगिता तथा देउडा कार्यक्रम सम्पन्न भएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा र समता युवा क्लबले आयोजना गरेको कार्यक्रम मंसिर ९ गतेदेखि सुरु भएको थियो ।
समता युवा क्लबका अध्यक्ष तथा वडा नम्बर ७ का वडा अध्यक्ष किस्ने सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियोे ।

चतुर्दशी मेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा आयोजक समता युवा क्लब प्रथम, myc रावली टिम द्वितीय र पाण्डे ट्राबल्स गुगै तृतीय भएकाछन।
प्रतियोगितामा प्रथमलाई २८ हजार द्वितीय लाई १८ हजार र तृतीय लाई १२ हजार पुरस्कार राखिएको थियोे ।
प्रतियोगितामा १२ टिम दर्ता भएका थिए ।
मंसिर ९ गते गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियोे ।
महिला पुरुष डेउडा प्रतियोगिता सरसति बुढा आछाम र मनिसा धामि बैतडि झलक रोकाया खप्तड छान्ना महेश रोकाया बिकास धामि पर्यागराज उपाधयाय थलारा लगायत लाई आमन्त्रण गरिएको थियोे ।
उनिहरुलाई सम्मान सहित बदाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 164