१९ आश्विन २०८१, शनिबार
दलित सहयोग समाज मानसिक स्वास्थ्य परियोजनाले थलारा गाउँ पालिकामा धेरै काम गरेको छ यसलाई निरन्तरता दिनु पर्छ अध्यक्ष रोकायाको भनाइ
थलारा गाउपालिकामा स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरु बिच अन्र्तक्रियात्मक बैठक सम्पन्न भएको छ । दलित सहयोग समाज चैनपुर बझाङ मानसिक स्वास्थ्य कार्यक्रमको आयोजनामा स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरु अन्र्तक्रियात्मक बैठक सम्पन्न भएको हो ।
२०२४ को समीक्षा र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो। दलित सहयोग समाजले बझाङको बुंगल नगर पालिका र थलारा गाउँ पालिकामा मानसिक स्वास्थ्य सम्बन्धिकार्यक्रम गरिरहेको छ ।
दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिक को अध्यक्षतामा र थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया बैठकमा थलारा गाउँ पालिकाका ५ वटै स्वास्थ्य चौकीमा १०५ जना मानसिक स्वास्थ्य सेवाग्राहीहरु दर्ता भएर नियमित रुपमा सेवा लिइरहेको जानकारी ५ वटा स्वास्थ्य चौकीका इन्चार्जहरुले कार्यक्रममा रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । जसमा ६५ जना महिला र ४० जना पुरुषहरुले सेवा लिइरहेको जानकारी दिनु भयो ।
अन्तरक्रियामा बोल्दै थलारा गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले अहिलेसम्म दलित सहयोग समाज मानसिक स्वास्थ कार्यक्रमले १०५ जना मानसिक समस्या भएका ब्यक्तिका लागि ओषधी उपलब्ध गराई स्वास्थ सस्थामा उपचार गराई रहेका र उपचारपछि उनिहरुको स्वास्थ्यमा सुधार आएको भन्दै मानसिक स्वास्थ कार्यक्रमबाट नियमित ओषधी उपलब्ध नभए बिरामी हरुक जीवन नै बरबाद हुने भएकोले यो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले दलित सहयोग समाज मानसिक परियोजनाले थलारा गाउँ पालिकामा धेरै काम गरेको छ भन्नू भयो । साथै उनले पालिकाका १०५ जना मानसिक समस्या भएका ब्यक्तिको उपचारलाई कसरी अगाडि बढाउने भन्ने बिषय चुनौतीपूर्ण भएकोले यसबारेमा सोच्नुपर्ने छ भन्दै अहिलेसम्म काम गरेकोमा दलित सहयोग समाज मानसिक स्वास्थ्य कार्यक्रम लाई धन्यवाद दिनु भयो ।
कार्यक्रमको समापनमा दलित सहयोग समाजका अध्यक्ष मोहनलाल बिकले संस्था सधैं भरी नचल्ने बताउदै संस्था नरहे पनि थलाराका १०५ जना बिरामीको उपचार अलपत्र पर्न नहुने र त्यसको जिम्मा गाउँ पालिकाले लिनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रम दलित सहयोग समाज मानसिक कार्यक्रमका फिल्ड सहजकर्ता पूर्ण नेपालीको सञ्चालनमा भएको थियोे । दलित सहयोग समाज मानसिक कार्यक्रम अधिकृत बिस्ना बमले कार्यक्रममा कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे ।